ईभी आयातमा बीवाइडी र डोङफेङ बीच टक्कर

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिक (साउन-कात्तिक)मा विद्युतीय प्यासेन्जर कार (ईभी) आयातमा दुई ब्राण्ड बीच कडा टक्कर देखिएको छ ।

चालु आवको ४ महिनाको तथ्यांक अनुसार नेपालको ईभी बजारमा ‘लिडर’ रहेको बीवाइडी र २ वर्षअघि मात्रै नेपाल आएको डोङफेङले बीच तीव्र प्रतिस्पर्धा देखिएको हो ।

४ महिनाको अवधिमा बीवाइडीका कुल २ हजार ९७ युनिट ईभी नेपाल भित्रिएका छन् । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्क इंकले उक्त संख्यामा ईभी आयात गरेको हो । बीवाइडीको कुल बजार हिस्सा २३.७ प्रतिशत रहेको छ ।

कम्पनीले एटो १, एटो २, एटो ३, सिलायन सेभेन लगायत मोडल आयात गरेको हो । जसमा एटो २ सबैभन्दा धेरै १५०४ युनिट ल्याएको छ ।

सोही अवधिमा एमएडब्लू वृद्धिले डोङफेङ ब्राण्डका १७३४ युनिट ईभी आयात गरेको छ । जुन बीवाइडीकोभन्दा ३६४ युनिट मात्रै कम हो । समीक्षा अवधिमा डोङफेङको बजार हिस्सा १९.६ प्रतिशत रहेको छ ।

डोङफेङको नामी भिगो सबैभन्दा धेरै १४५६ युनिट आयात भएको छ । एमएडब्लूले बजेटपछि भिगोको मूल्य समायोजन गरेर ३८ लाख रुपैयाँमा झारेसँगै यसको बजार माग उच्च रहेको छ । सोही कारण ४ महिनामै झण्डै साढे १ हजार युनिट भिगो भित्रिन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *