फुटसल प्रतियोगिता सम्पन्न भएकोमा हार्दिक बधाई

 – गोपाल भट्टराई, अध्यक्ष
नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ

नेपाल अटो मेकानिक्स व्यवसायी संघ (काठमाडौं) का संस्थापक अध्यक्ष, स्वर्गीय भगतकृष्ण श्रेष्ठज्यूको स्मृतिमा आयोजना गरिएको यस प्रतियोगिताले उहाँले अटो मेकानिक्स पेशा तथा व्यवसायको विकास र व्यवसायीहरूको हकहितका लागि पुर्याउनुभएको अतुलनीय योगदानलाई स्मरण एवं सम्मान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

स्वर्गीय भगतकृष्ण श्रेष्ठज्यूले यस क्षेत्रमा पुर्याउनुभएको योगदानको नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ उच्च मूल्याङ्कन तथा हार्दिक सम्मान गर्दछ। उहाँको योगदान र मार्गदर्शन सदैव हामी सबैका लागि प्रेरणाको स्रोत बनिरहनेछ।

यस कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन तथा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने नेपाल अटो मेकानिक्स व्यवसायी संघ (काठमाडौं) का सम्पूर्ण पदाधिकारी, आयोजक समिति, सदस्य, खेलाडी, प्राविधिक तथा सहयोगी सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।

खेलकुदका माध्यमबाट आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने यस प्रकारका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर हुँदै जाने विश्वास व्यक्त गर्दछु।

नेपाल अटो मेकानिक्स व्यवसायी संघ (काठमाडौं) मा आबद्ध सदस्य एवं विभिन्न वर्कशपमा कार्यरत मेकानिक्सहरूबीच

पाँचौँ भगतकृष्ण स्मृति फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *