काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड नाइमा अटो शो २०२६ मा सार्वजनिक गरेको छ ।
नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले र सुजुकी राइड कनेक्ट प्रविधि दिइएको छ । यसले स्कुटर प्रयोगकर्तालाई यात्रा तथा फोनसम्बन्धी विभिन्न जानकारी स्कुटरकै डिस्प्लेमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन, अनुमानित यात्रा समय, इनकमिङ कल तथा एसएमएस/ह्वाट्सएप नोटिफिकेसन, मिस्ड कल अलर्ट, स्पिड अलर्ट, ट्रिप रेकर्ड, पार्क गरिएको अन्तिम स्थान र सर्भिस रिमाइन्डर जस्ता सुविधा छन् । साथै मोबाइलको ब्याट्री तथा नेटवर्कसम्बन्धी जानकारीसमेत डिस्प्लेमा हेर्न सकिनेछ ।
कनेक्टिभिटी फिचरसँगै नयाँ एक्सेस १२५ मा १२४ सीसी इन्जिन प्रयोग गरिएको छ । सहरी यात्रालाई सहज बनाउने उद्देश्यले व्यावहारिक तथा स्मार्ट फिचरहरू थप गरिएको कम्पनीको भनाइ छ ।
सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले नयाँ एक्सेस १२५ कनेक्टेडमार्फत नेपाली स्कुटर प्रयोगकर्ताका लागि उपयोगी स्मार्ट प्रविधि उपलब्ध गराइएको बताए । स्मार्ट कनेक्टिभिटी, सहजता र सुजुकीको प्रदर्शनको संयोजनले नयाँ मोडललाई थप आकर्षक बनाउने उनको भनाइ छ ।
नयाँ एक्सेस १२५ कनेक्टेड नाइमा अटो शो २०२६ मा रहेको सुजुकीको प्याभिलियनमा प्रदर्शनमा राखिएको छ । नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भी.जी. अटोमोबाइल्स प्रालि हो ।