नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला रेसर जिस्वान तुलाधर नाट्टाको अध्यक्ष पदमा भिड्दैं

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि अनुभवी पर्यटन व्यवसायी जिस्वान तुलाधरले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

पर्यटन क्षेत्रमा २५ वर्षको लामो अनुभव र नाट्टामा १५ वर्षको संस्थागत योगदान पुर्‍याएकी उनले ‘अनुभव, समावेशिता र परिणाममुखी नेतृत्व’ को नारासहित उम्मेदवारी घोषणा गरेकी हुन् ।

नाट्टामा निरन्तर सक्रिय रहँदै पाँच कार्यकाल विभिन्न जिम्मेवारी सम्हालेकी तुलाधरले आफ्नो उम्मेदवारी केवल पदका लागि मात्र नभई संस्थाको सुदृढीकरण र सदस्यहरूको हितका लागि भएको स्पष्ट पारेकी छन् ।

आफूलाई महिला कोटाको आधारमा नभई क्षमता, अनुभव र प्रतिबद्धताको आधारमा नेतृत्वका लागि अघि सारेको उनको भनाइ छ ।

व्यवसायका अलावा तुलाधरको परिचय साहसिक पर्यटन र अन्तर्राष्ट्रिय खेलकुदसँग पनि जोडिएको छ ।

सन् २०१६ मा एक्लै अन्नपूर्ण आधार शिविर (एबीसी) को पदयात्रा गरेर चर्चामा आएकी उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला चालक पनि हुन् ।

उनले थाइल्याण्ड, इन्डोनेसिया र फ्रान्समा आयोजित अन्तर्राष्ट्रिय मोटर ड्राइभिङ प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् ।

‘नेतृत्व भनेको चुनौतीसँग डराउने होइन, चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने क्षमता हो,’ उनले भनेकी छन् ।

उनी निर्वाचित भएमा दशकौँपछि नाट्टाले दोस्रो महिला अध्यक्ष पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *