नेपाल मात्र होइन, अहिले विश्व नै ईभीतिर लम्किरहेको सन्दर्भमा विभिन्न ईभी निर्माता कम्पनीहरुले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन् ।
पेट्रोल, डिजेलबाट चल्ने गाडी र ईभीका साथै हाइब्रिड सोलुसनहरु समेत प्रस्तुत हुनेछन् ।
त्यसैगरी दुईवटा चार्जिङ पार्टनरहरुको समेत सहभागिता हुनेछ । ईभीको सन्दर्भमा सबैभन्दा आवश्यक पूर्वाधार नै चार्जिङ पूर्वाधार हो । यसका लागि आवश्यक सोलुसन समेत त्यहाँ उपलब्ध हुनेछ ।
एक्सपोको मुख्य आकर्षण नै त्यहाँ सार्वजनिक हुने विभिन्न ब्रान्डका उत्पादन हुन् । यसमा ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् ।
समग्रमा २६ वटा चारपांग्रे, १८ वटा दुईपांग्रे र ८ पटा कमर्सियल सवारी साधन ब्रान्डका उत्पादन प्रदर्शन हुनेछन् भने ४० भन्दा बढी नयाँ प्रोडक्ट सार्वजनिक हुनेछन् । यी सबै नै एक्सपोका आकर्षण हुनेछन् ।