अविरल वर्षाको असर: म्याग्दीमा खोला तर्दै गरेका पुरुष बेपत्ता

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा रघुगंगा गाउँपालिका–८ चौरखानीका ३५ वर्षीय भीमबहादुर घर्ती रहेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घर्ती चौरखानीबाट किनेर ल्याएको भैंसीसहित एकतारे खोला तर्ने क्रममा बाढीले बगाएको हो।

स्थानीयले घटनाबारे जानकारी गराएपछि सोमबार साँझदेखि नै प्रहरी र स्थानीयवासीको टोलीले खोजी सुरु गरेको थियो। तर, मंगलबार बिहानसम्म पनि उनको अवस्था खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार आज बिहानदेखि पुनः खोजी कार्यलाई तीव्र बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *