देशभर २१ बढी स्थानमा पुग्यो फोटोनको बिक्रीपछिको सेवा सञ्जाल

काठमाडौं । फोटोनले नेपालमा विद्युतीय सवारीसाधनको बिक्रीपछिको सेवा थप विस्तार गर्दै पाँच स्थानमा नयाँ ‘टोटल केयर शिल्ड सर्भिस प्वाइन्ट’ सञ्चालनमा ल्याएको छ।

कम्पनीले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा नयाँ आधिकारिक सर्भिस प्वाइन्ट थपेको हो। यससँगै देशभर फोटोनको बिक्रीपछिको सेवा सञ्जाल २१ भन्दा बढी स्थानमा विस्तार भएको कम्पनीले जनाएको छ ।

नयाँ सर्भिस प्वाइन्ट सञ्चालनसँगै सम्बन्धित क्षेत्र तथा आसपासका ग्राहकले विद्युतीय सवारीको मर्मतसम्भार र प्राविधिक सेवा स्थानीयस्तरमै सहज तथा छिटो पाउने कम्पनीको भनाइ छ। विशेषगरी शैक्षिक संस्था, लजिस्टिक्स व्यवसायी र व्यावसायिक सवारी सञ्चालन गर्ने फ्लीट ग्राहकलाई यसबाट फाइदा पुग्ने अपेक्षा गरिएको छ।

फोटोन टोटल केयर नेटवर्कमार्फत नियमित मर्मतसम्भार, सवारीको प्राविधिक परीक्षण तथा डाइग्नोस्टिक्स, मर्मत र वारेन्टीसम्बन्धी सेवा उपलब्ध हुनेछन्। नयाँ सेवा केन्द्रमा फोटोनका विद्युतीय सवारी परीक्षणका लागि विशेष उपकरण, तालिमप्राप्त ईभी प्राविधिक र जेन्युइन पार्टपुर्जाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा दक्ष प्राविधिकसहितको ईभी सर्भिसको आवश्यकता पनि बढिरहेको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै प्रमुख सहरबाहिर समेत सेवा विस्तार गरी सवारीको सुरक्षा र विश्वसनीयता बढाउने तथा बिक्रीपछिको सेवाका लागि ग्राहकले लामो दूरी यात्रा गर्नुपर्ने अवस्था घटाउने फोटोनको लक्ष्य छ।

कम्पनीका अनुसार ‘फोटोन टोटल केयर’ कार्यक्रम सवारी लामो समय थन्किने अवस्था र सञ्चालन खर्च घटाउन केन्द्रित छ। समयमै मर्मत, छिटो सेवा, पारदर्शी प्रक्रिया तथा नेपालको भौगोलिक र सञ्चालन अवस्थाअनुकूल सेवा तयारीमार्फत व्यावसायिक सवारीलाई नियमित सञ्चालनमा राख्ने उद्देश्य कार्यक्रमको छ।

फोटोनका ‘टोटल केयर शिल्ड सर्भिस प्वाइन्ट’ विशेषगरी उदीयमान बजार, अर्धसहरी तथा क्षेत्रीय केन्द्रमा आधिकारिक सेवा केन्द्रका रूपमा सञ्चालन हुनेछन्।

भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा सेवा विस्तारसँगै फोटोनले नेपालमा विद्युतीय व्यावसायिक मोबिलिटीको विस्तार र ग्राहकको दीर्घकालीन विश्वासलाई थप मजबुत बनाउने जनाएको छ।

नेपालका लागि फोटोन सवारीको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *