नाडाले ट्राफिक सचेतना प्रवर्द्धन साम्रगीहरु दियो

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोहको अवसरमा नाडाले २,००० थान “No Horn” स्टिकर, ९० थान सचेतनामूलक स्यास (Sash) तथा २४ थान हेल्मेट काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनाललाई हस्तान्तरण गरेको छ।

नाडाको ५० वर्षे गौरवशाली यात्राले अटोमोबाइल क्षेत्रको विकाससँगै सुरक्षित सडक संस्कृतिको प्रवर्द्धनमा समेत आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तर अघि बढाइरहेको छ।

सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा ट्राफिक सचेतनाको प्रवर्द्धनमा उहाँ तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पुर्याउँदै आउनुभएको उल्लेखनीय योगदानप्रति नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल हार्दिक सम्मान तथा उच्च कदर व्यक्त गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *