भियतनामी प्योर ईभी निर्माता कम्पनी भिनफास्टले भारतमा नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरेको छ ।
हालै सो स्कुटरको पेटेन्ट दर्ता भएको छ ।
यसअघि भारतीय सञ्चारमाध्यमहरूले भारतीय बजारमा सो कम्पनीले इभो, फेलिज वा भाइपर इलेक्ट्रिक स्कुटर ल्याउने अनुमान गरेका भए पनि दर्ता गरिएको नयाँ डिजाइन भने तीमध्ये कुनै पनि मोडलसँग पूर्ण रूपमा मेल खाँदैन।
यसको डिजाइन हाल बिक्री भइरहेको भाइपरसँग मिल्दोजुल्दो देखिए पनि यो सम्भवतः सोही स्कुटरको नयाँ संस्करण हुन सक्ने अनुमान गरिएको छ।
सो स्कुटर तमिलनाडुको थुथुकुडीस्थित भिनफास्टको कारखानामा एसेम्बल गरिने बताइएको छ ।