सरकारको गृहमन्त्री सुधन गुरुङ तथा गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएको गाडीको कालो सिसा हटाइएको छ।
सुरक्षाको कारण देखाउँदै यसअघि ती गाडीमा कालो सिसा प्रयोग गरिएको थियो।
सार्वजनिक तथा निजी सवारीसाधनबाट कालो सिसा हटाउने अभियानअन्तर्गत गृहमन्त्री र सचिवको गाडीमा प्रयोग भइरहेको कालो सिसा सोमबार हटाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारीसाधनमा कालो सिसा प्रयोग गर्नेविरुद्ध कारबाही थालेको हो।
जसअन्तर्गत दुई सयभन्दा धेरै सवारीसाधनलाई कारबाही गरिएको एसपी नरेशराज सुवेदीले बताए।
कालो सिसाकाे दुरुपयोग गरी अपराध हुन सक्ने भएकाले हटाउने र कारबाही गर्ने अभियान थालिएको उनको भनाइ छ।