लीपमोटरले ल्यायो पहिलो मल्टी पर्पज भेहिकल (एमपीभी) डी ९९

चिनियाँ स्टार्टअप लीपमोटरले आफ्नो पहिलो मल्टी पर्पज भेहिकल (एमपीभी) डी ९९ सार्वजनिक गरेको छ । कम्पनीले बिहीबारदेखि चिनियाँ बजारमा डी ९९ बिक्रीको थालनी गरेको हो ।

कम्पनीले डी ९९ प्योर ईभी र ईआरईभी दुवै भर्सनमा बजारमा ल्याएको हो । कम्पनीले इआरईभीको सुरूवाती मूल्य ३६ हजार ७०० अमेरिकी डलर र प्योर ईभीको सुरूआती मूल्य ३८ हजार २०० अमेरिकी डलर तोकेको छ । ६ भेरियन्टमा उपलब्ध डी ९९ टप भेरियन्टको मूल्य ४७ हजार डलर रहेको कम्पनीले जनाएको छ ।

युरोपियन अटो जायन्ट स्टेलान्टिसको लगानी रहरेको लीपमोटरले डी ९९ को डेलभरी जुलाई २० देखि सुरू गर्ने जनाएको छ । ईआरईभी भर्सनमा ८०० भोल्टको हाई भोल्टेज प्लेटफर्ममा बनेको छ । यसमा ८०।३ किलोवाट आवरको ठूलो ब्याट्री प्याक छ । यसमा कुल ३०० किलोवाटको डुअल मोटर छन् । यसको कम्बाइन्ड रेन्ज १,१६० किलोमिटर रहेको छ ।

त्यस्तै, बीईभी भर्सन पूर्ण स्ट्याक १,००० भोल्टको हाइ भोल्टेज प्रणाली प्रयोग गरिएको छ । यसमा सीएटीएलको ११५ किलोवाट आवरको सुपर हाइब्रिड सेल पहिलो पटक प्रयोग गरिएको छ । जसले एकपटकको फुलचार्जमा ७०० किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिन्छ।

दुवै पावरट्रेन भर्सनले फास्ट चार्जिङ सपोर्ट गर्दछन् । करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । बीईभी भर्सनले मात्र ५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ ।

दुवै भर्सन क्रमशः डी ९९ को लम्बाइ ५२८० एमएम, चौडाइ १,९९५ एमएम, उचाइ १,८८० एमएम र ह्वीलबेस ३,११० एमएम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *