टाटा मोटर्सले वहुप्रतिक्षित इलेक्ट्रीक एसयूभी सिएरा ईभीको बेस भेरियन्टनै ६५ किलोवाटा आवरको ठूलो ब्याट्रीमा ल्याउने भएको छ ।
टाटाले यही जुन ३० तारिखमा लन्च हुने सिएरा ईभीको स्पेसिफिकेसन बारे आधिकारिक जानकारी दिएको छैन् । यद्यपी भारतीय डिलर स्रोतहरूलाई उद्धृत गर्दै आएको समाचारमा सिएरा ईभीको बेस भेरियन्ट ९प्योर०मा ह्यारियर ईभी जस्तै ६५ किलोवाट आवरको ब्याट्री प्याक आउने जानकारी गराएको हो ।
त्यस्तै, सिएराको माथिल्लो भेरियन्टमा ७५ किलोवाट आवरको ब्याट्री प्याकको विकल्प उपलब्ध हुनेछ । कम्पनीले सिएरालाई ह्यारियर ईभीकै जस्तो ब्याट्री अप्सन र ड्युअल मोटर अल ह्वील ड्राइभ सेटअप पनि प्रदान गरेको छ ।
टाटा मोटर्सले सिएरा ईभी ड्युअल मोटर अल ह्वील सेटअपको साथ आउने पुष्टि गरे पछि हालैको रिपोर्टले ह्यारियर ईभीको पर्फर्मेन्स मेट्रिक्स सिएरा ईभीमा पनि लागू गरिने उल्लेख गरेको छ।
ह्यारियर ईभीको सिंगल मोटर रियर ह्वील ड्राइभ भेरियन्टमा २३८ बीएचपी ९१७७ किलोवाट०को मोटर छ । जसले ३१५ एनएमको पिक टर्क प्रदान गर्छ । यसमा ६५ किलोवाट आवरको ब्याट्री रहेको छ । जसले एकपटको फुलचार्जमा ५३८ किमी रेन्ज दिन्छ ।
त्यस्तै, अल ह्वील ड्युअल मोटर भेरियन्टमा ठूलो ७५ किलोवाट आवर ब्याट्री प्याक रहेको छ । जसले सिंगल चार्जमा ६२२ किमी रेन्ज दिन्छ । यसको संयुक्त पिक टर्क ५०४ न्युटन मिटर रहेको छ । यसको अगाडिको मोटरले १५५।८ बीएचपी र पछाडिको मोटरले २३४।७ बीएचपी पावर उत्पन्न गर्न सक्छ । हालैको रिपोर्ट अनुसार सिएरा ईभीले ह्यारीयरकोभन्दा अझ बढी रेन्ज दिने अपेक्षा गरिएको छ ।
ह्यारीयर ईभीले मात्र ६।३ सेकेण्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्छ । यदि सिएरा ईभी पनि ह्यारियर ईभीकै जस्तो पर्फर्मेन्स मेट्रिक्सका साथ आयो भने यसको गति अझ तीव्र हुनेछ । सिएरा ईभीले विश्वकै सबैभन्दा अग्लो बालुवाको ढिस्कोमध्ये एक यूएईको ‘तल मुरिब स्यान्ड डुन्स क्लाइम्ब’ गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले यसको एक्स्टेरियर भने केही दिन अघि सार्वजनिक गरेको थियो ।