नयाँ पल्सर १५० सार्वजनिक

काठमाडौं: Bajaj ले नेपालमा नयाँ संस्करण Bajaj Pulsar 150 सार्वजनिक गरेको छ।

आधुनिक डिजाइन, नयाँ प्रविधि र सुधारिएको प्रदर्शनसहित आएको यो मोटरसाइकलले नेपाली बजारमा नयाँ उत्साह ल्याउने कम्पनीको विश्वास छ।

नयाँ पल्सर १५० मा आकर्षक ग्राफिक्स, शक्तिशाली FI BS6 इन्जिन, सिंगल–च्यानल ABS, LED हेडलाइट र ब्लुटुथ सपोर्टसहितको फुल डिजिटल कन्सोल दिइएको छ।

यसमा प्रयोग गरिएको फ्युल–इन्जेक्सन प्रविधिले राम्रो माइलेज र स्मूद प्रदर्शन दिने अपेक्षा गरिएको छ।

यसैगरी, ABS प्रणालीले ब्रेकिङ सुरक्षा बढाउनेछ भने डिजिटल कन्सोलले आधुनिक राइडिङ अनुभव दिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ पल्सर १५० अहिले नेपालभरका अधिकृत बजाज शोरुमहरूबाट उपलब्ध छ।

यसको सुरुवाती मूल्य ३ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ।

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक Hansraj Hulaschand & Company Pvt. Ltd. हो।

कम्पनीले ग्राहकका लागि सजिलो फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ।

यसमा जग्गाधनी प्रमाणपत्र, बिजुली वा पानीको बिल वा आम्दानीको प्रमाण आवश्यक नपर्ने बताइएको छ।

साथै शून्य सेवा शुल्क र सजिलो किस्ता सुविधासहित ग्राहकले तत्काल फाइनान्समार्फत मोटरसाइकल खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार नयाँ पल्सर १५० को आगमनसँगै नेपाली युवा र मोटरसाइकल प्रेमीहरूले अझ शक्तिशाली, स्टाइलिश र प्रविधिमैत्री राइडिङ अनुभव पाउनेछन्।

इच्छुक ग्राहकले नजिकको बजाज शोरुममा गएर थप जानकारी लिन र टेस्ट राइड गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *