नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता र वितरक एमएडब्लु वृद्धि मोटर्स प्रा. लि. ले नामी बक्स र नामी भिगोका लागि ‘एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रम’ सार्वजनिक गरेको छ।
डोङफेङ ईभीमा ब्याट्री र मोटरमा स्ट्यान्डर्ड वारेन्टी ८ वर्ष वा २,००,००० किलोमिटर (जुन पहिले आउँछ) सम्म उपलब्ध छ।

अब, एमएडब्लु वृद्धिको एक्टेन्डेड वारेन्टीमार्फत ग्राहकहरूले ११ वर्ष वा २,५०,००० किलोमिटर (जुन पहिले आउँछ) सम्मको सुरक्षा प्राप्त गर्न सक्नेछन्।
एमएडब्लु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, “यो एक्टेन्डेड वारेन्टी ग्राहकहरूलाई मानसिक शान्ति, स्वामित्वमा आत्मविश्वास र सुरक्षित ईभी अनुभव सुनिश्चित गर्ने दिशामा अर्को महत्वपूर्ण कदम हो।”

डोङफेङ मोटर कर्पोरेशन चीनको प्रतिष्ठित “बिग फोर” सरकारी स्वामित्वको अटोमोबाइल निर्माता हो, जसको स्थापना १९६९ मा भएको हो र पाँच दशकभन्दा बढी अनुभव छ।
कम्पनीले विश्वका १०० भन्दा बढी देशहरूमा उपस्थिति विस्तार गरेको छ र फर्च्युन ग्लोबल ५०० कम्पनीमा समेत स्थान बनाएको छ।

ग्राहकहरूले एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रममा डोङफेङ नेपालको आधिकारिक वेबसाइटमार्फत दर्ता गर्न सक्नेछन्।
Post Views: 117