Skip to content
वन तथा वातावरण मन्त्रालयले नयाँपुल–मुक्तिनाथ केबलकार आयोजना सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनको मस्यौदा सार्वजनिक गरेको छ।
यो आयोजना करिब एकासी किलोमिटर लामो हुने र यसमा धेरै स्टेशन तथा टावरहरू निर्माण गर्ने प्रस्ताव गरिएको छ।
प्रतिवेदनअनुसार केबलकार सञ्चालनका लागि बीस वटा स्टेशन, आठ सय एकहत्तर गोन्डोला र चार सय बयालीस टावर राखिनेछ।
आयोजना निर्माणका लागि कुल दुई सय एकहत्तर दशमलव सात पाँच हेक्टर जग्गा आवश्यक पर्नेछ।
यसमध्ये ठूलो भाग अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको वन क्षेत्र पर्ने उल्लेख गरिएको छ।
आयोजनाले दुई सय उनन्तीस घरधुरी प्रभावित हुने जनाएको छ। तीमध्ये चौँतीस घरधुरीलाई स्थानान्तरण (विस्थापन) गर्नुपर्ने देखिएको छ।
निर्माण अवधिमा करिब एक हजार सात सय पैंसठ्ठी जनाले रोजगारी पाउने र सञ्चालनपछि करिब चार सय पैंतीस जनालाई रोजगारी हुने अनुमान छ।
केबलकारले दैनिक करिब दस हजार यात्रु सेवा दिन सक्ने अनुमान प्रतिवेदनमा गरिएको छ।
Post Views: 94