Skip to content
रमण कन्स्ट्रक्सनले जेभीको रूपमा काम गर्दै आएको सालझाडी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको ठेक्का पनि तोडिएको छ ।
यो सूचना सोही योजनाले बुधबार जारी गरेको छ ।
यो सडक खण्ड **पाल्पाको कन्चन खोलादेखि खुर्सानीसम्म पर्ने करिब तेह्र दशमलव चार चार किलोमिटर लामो छ ।
निर्माण कम्पनीले यसलाई चौतीस करोड चौवन लाख रुपैयाँमा ठेक्का पाएको थियो ।
तर पटक-पटक म्याद थप गर्दा पनि काम पूरा नभएपछि ठेक्का तोडिने निर्णय गरिएको योजना कार्यालयले बताएको छ ।
यो भन्दा अघि पनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा रमण कन्स्ट्रक्सनसँगको ठेक्का तोडिएको थियो ।
अहिले तोडिएको ठेक्का सम्बन्धमा कम्पनीले दिनुपर्ने रकमको मूल्यांकन भइरहेको बताइएको छ ।
Post Views: 75