चितवनको इच्छाकामना गाउँपालिका -४, घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ । चाडपर्वमा समेत हजारौं यात्रुहरु अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५:०० बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।
प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पृथ्वी राजमार्गकाे पहिरो धमाधम पन्छाउदैं सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए ।
पहिरो हटाएर सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको उनले जानकारी दिए ।
सामाजिक अभियन्ता तथा संचारकर्मी विनोद श्रेष्ठका अनुसार, देशकै मुख्य तथा ब्यस्त हाईवे त्याे पछि चार्डबार्डकाे बेला पहिराे खस्ने जाेखिम उबेला देखि तयारी शून्य, पहिराे खसेकाे ४ घण्टा बित्दा पनि कुनै निकायबाट थप मेशिन आएन । – रासस