काठमाडौं, माघ २० — बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गर्दै ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक विशेष अफर सार्वजनिक गरेको छ।
नेपालका लागि बजाजको आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनी ले यो योजना ल्याएको हो।
यस अफरअन्तर्गत १०० सीसीदेखि १५० सीसीसम्मका बजाज मोटरसाइकल खरिद गर्दा ७ हजार रुपैयाँसम्मको छुट उपलब्ध गराइनेछ।
नवविवाहितलाई प्राथमिकता दिए पनि, सबै ग्राहकले यस योजनाबाट लाभ लिन सक्ने कम्पनीले जनाएको छ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा ले नयाँ जिम्मेवारीसहित जीवनको नयाँ अध्याय सुरु गर्नेहरूका लागि यो अफर उपयोगी हुने विश्वास व्यक्त गर्दै, नयाँ सोच र संकल्पले जीवनलाई सहज बनाउने बताए।
कम्पनीका अनुसार यो योजना माघ १५ गतेदेखि लागू भइसकेको छ।