नेपालको प्रमुख लक्जरी ईभी ब्राण्ड दिपल EVs ले आफ्नो ब्याट्री र मोटरमा ११ वर्ष वा ३ लाख किलोमिटर वारंटी दिने घोषणा गरेको छ।
यसअघि ८ वर्षको मानक वारंटी उपलब्ध थियो।
दिपल EVs मा CATL को Golden Shield Battery र Changan का आधुनिक मोटरहरू प्रयोग गरिएको छ।
नयाँ विस्तारित वारंटी अन्तर्गत उच्च भोल्टेज ब्याट्री पार्ट्स, सेफ्टी र कन्ट्रोल कम्पोनेन्ट, मोटरको मुख्य भागहरू जस्तै ट्र्याक्शन मोटर असेंबली र मोटर कन्ट्रोल युनिटसमेत समेटिएको छ।
एमएडब्लु वृद्धि अटोकर्पका व्यवस्थापक विवेक सिकरियाले भने, “यो केवल वारंटी होइन, हामीले ग्राहकको आत्मविश्वास र शान्ति ध्यानमा राखेर यो विस्तारित वारंटी ल्याएका हौं।”
यस योजनाले नेपालभर दिपल EV ग्राहकहरूको विश्वास र सुविधा अझ सुदृढ बनाउनेछ।