हुलास फिनसर्भको नाफा उछाल

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ।

कम्पनीले पुस ३० सम्मको अवधिमा खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि गर्दै १३ करोड ४४ लाख रुपैयाँ पुर्‍याएको छ।

गत वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड ७४ लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीको कर्जा तथा अग्रिम पोर्टफोलियो १० अर्ब ६४ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०० प्रतिशतभन्दा बढी वृद्धि हो।

साथै, ब्याज आम्दानी २२०.०७ प्रतिशतले बढेर ४१ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

लागत नियन्त्रण र जोखिम व्यवस्थापनमा सुधारका कारण कम्पनीको सञ्चालन नाफा २१ करोड ९९ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

त्यस्तै, नन–पर्फर्मिङ लोन (NPL) अनुपात ४.६८ प्रतिशतबाट घटेर ३.०५ प्रतिशतमा झरेको छ, जसले सम्पत्तिको गुणस्तरमा सुधार देखाएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सुधारिएको रिकभरी प्रक्रिया र कर्जा अनुगमन प्रणालीले प्रमुख वित्तीय सूचकहरूलाई सकारात्मक बनाएको हो।

प्रतिशेयर आम्दानी (EPS) ३२.३९ रुपैयाँ, इक्विटी प्रतिफल (ROE) १६.५६ प्रतिशत र प्रतिशेयर खुद सम्पत्ति मूल्य १९५.६२ रुपैयाँ पुगेको छ।

बाह्य चुनौतीहरूका बाबजुद पनि गुणस्तरीय पोर्टफोलियो, सञ्चालन दक्षता र दिगो वृद्धिमा केन्द्रित रहँदै सफलता हासिल गरेको हुलास फिनसर्भले आगामी दिनमा पनि जिम्मेवार कर्जा विस्तार र सरोकारवालाको दीर्घकालीन हित संरक्षणमा प्रतिबद्ध रहने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *