यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानको म्याद ३ वर्ष थपेर २०८५ मंसिर ११ सम्म पुर्याएको छ।
जडानको काम निकै सुस्त भएको र ‘जेनजी आन्दोलन’का क्रममा भएको क्षतिले काम प्रभावित भएपछि म्याद थप गर्नुपरेको विभागले जनाएको छ।
गत भदौ २४ मा आगजनी हुँदा विभागको मुख्य भवनसँगै प्लेट छाप्ने प्रिन्टर/स्टोर जलेर नष्ट भएको र साढे ८ लाखभन्दा बढी प्लेट प्रयोग नहुने भएको उल्लेख छ।
कम्पनी डेकाटुर–टाइगरले क्षतिपूर्ति मागेपछि लामो छलफलपछि विभागले आफूले बुझिसकेको ६ लाख ८० हजार प्लेटको क्षति ब्यहोर्ने गरी सहमति भएको विभागका इन्जिनियर श्रीकान्त यादवले बताएका छन्।
यस व्यवस्थाका कारण विभागलाई करिब डेढ अर्ब रुपैयाँ घाटा पर्ने अनुमान गरिएको छ।