काठमाडौं: नेपालमा SML ISUZU ब्रान्डका कमर्शियल सवारीसाधनको एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि. र रिलायन्स फाइनान्स लिमिटेडबीच ग्राहकलाई सहज वित्तीय सुविधा दिने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
समझदारीअनुसार SML ISUZU का ट्रक, टिपर, सार्वजनिक बस, स्कुल बस र विशेष प्रयोजनका सवारीसाधन खरिद गर्न चाहने ग्राहकले रिलायन्स फाइनान्सबाट अधिकतम ५ वर्ष अवधिसम्म EMI (मासिक किस्ता) प्रणालीमा ऋण पाउनेछन्।
ग्राहकको सुरुआती सवारी छनोट लक्ष्मी कमर्शियल भेहिकल्सका वितरक तथा डिलरमार्फत हुनेछ भने ऋण प्रक्रिया नजिकको रिलायन्स फाइनान्स शाखाबाट अघि बढाइने बताइएको छ।
लक्ष्मी कमर्शियल भेहिकल्सले नेपाली सडक अवस्था र व्यवसायिक आवश्यकता अनुकूल गुणस्तरीय सवारीसाधन उपलब्ध गराउँदै आएको र काठमाडौंको गुर्जुधारामा मुख्य कार्यालयसहित 3S (बिक्री, सेवा, स्पेयर पार्ट्स) प्रणालीमार्फत सातै प्रदेश र प्रमुख शहरहरूमा सेवा दिँदै आएको जनाएको छ।
समझदारीपत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र लक्ष्मी कमर्शियल भेहिकल्सका म्यानेजर जितेन्द्र लाल कर्णले हस्ताक्षर गरेका हुन्।
कम्पनीहरूले यो साझेदारीले नेपालभर कमर्शियल सवारी क्षेत्रमा SML ISUZU को पहुँच अझ बलियो बनाउने र ग्राहकको व्यवसायिक यात्रामा भरोसायोग्य सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।