हालैं पोखरा–२३ पामेमा कार रेस कार्यक्रमको सम्पन्न भएको छ।
यस प्रकारका साहसिक तथा रोमाञ्चक कार्यक्रमहरूले पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दछु।
उक्त कार रेस कार्यक्रममा ४ महिला सहित जम्मा ३६ जना कार राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो।
पोखराको प्राकृतिक सौन्दर्यसँगै साहसिक खेलकुद तथा मोटर स्पोर्ट्स पर्यटनलाई प्रवर्द्धन गर्न यस्ता गतिविधिहरू अत्यन्त प्रभावकारी हुनेछन्।
पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा अझ मजबुत बनाउन निजी क्षेत्र, युवाहरू तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाको सक्रिय सहभागिता अत्यावश्यक रहेको छ।
यस किसिमका कार रेस जस्ता कार्यक्रमहरूले स्थानीय पर्यटन, व्यवसाय र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छु।
कार्यक्रमलाई सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने नासा गण्डकीका सम्पूर्ण आयोजक टिम, सहभागी कार राइडरहरू, सुरक्षाकर्मी, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछु।
यस्ता सुरक्षित, अनुशासित र पर्यटनमैत्री कार रेस कार्यक्रमहरू निरन्तर आयोजना हुँदै जाओस् भन्ने शुभकामना।