इलेक्ट्रिक स्कुटर ब्रान्ड एम्पियरले भारतमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीअन्तर्गतको एम्पियरले सन् २०२६ को पहिलो सात महिनामै अघिल्लो आर्थिक वर्षभरि भएको बिक्रीलाई उछिन्दै भारतको शीर्ष पाँच विद्युतीय दुईपांग्रे ब्रान्डमा स्थान बनाएको हो ।
बाहन पोर्टलको तथ्यांकअनुसार, नोभेम्बर १५, २०२६ सम्म एम्पियरका कुल ७० हजार ३३३ युनिट स्कुटर बिक्री भएका छन् ।
जबकि कम्पनीले आर्थिक वर्ष २०२६ भरिमा जम्मा ६१ हजार ८४२ युनिट मात्र बिक्री गरेको थियो ।
गत आर्थिक वर्षको सोही सात महिनाको अवधिमा कम्पनीका ३६ हजार ४५२ युनिट बिक्री भएका थिए । यस वर्षको सोही अवधिमा बिक्री ९३ प्रतिशतले बढेको हो ।
यससँगै एम्पियरले भारतीय विद्युतीय दुईपांग्रे सवारी बजारमा ५.७ प्रतिशत बजार हिस्सा हासिल गर्दै पाँचौं स्थान सुरक्षित गरेको छ ।