पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानी जोड्ने सडकको स्तरोन्नति सुरु गरिएको छ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्याएर पोखरेबगर–घार–चित्रे सडक सुधारको काम थालेको हो।

यो सडक पोखराबाट मुस्ताङ जाने वैकल्पिक मार्गसमेत भएकाले यसको स्तरोन्नतिले यातायात अझ सहज हुने अपेक्षा गरिएको छ।

हाल घारको बिरौटा चोकदेखि भुन्या खण्डमा सडक ढलानको काम भइरहेको छ।

२१ किलोमिटर लामो यस सडकअन्तर्गत चित्रे–घोडेपानी खण्डको करिब तीन किलोमिटर सडक फराकिलो बनाइने, नाली तथा टेवा पर्खाल निर्माण गरिने जनाइएको छ।

यसैगरी पोखरेबगर–बिरौटा खण्डका पहिरो प्रभावित क्षेत्रमा पहिरो नियन्त्रण र सडक सुधारका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *