Skip to content
सरकारले मेहेलकुना–खटाङ्ग–घुमखहरे तीनमुखे झोलुङ्गे पुललाई राष्ट्रिय प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
यो पुल सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मा भेरी नदीमाथि बन्नेछ र खटाङ्ग, घुमखहरे र दहचौरलाई जोड्नेछ।
पुलको कुल लम्बाइ ६५४.६० मिटर हुनेछ र मुख्य पिल्लरबाट तीनैतिर समान दूरी फैलिने गरी २१८.२० मिटर को डिजाइन गरिएको छ।
निर्माण काम २१ करोड १९ लाख रुपैयाँ लागतमा श्रीगीता कन्स्ट्रक्सनले पाउनेगरी ठेक्का भै २०८३ असार भित्र काम पूरा गर्ने लक्ष्य राखिएको छ।
Post Views: 63