नेपालमा जीकर सवारी साधनको आधिकारिक वितरक पायोनियर मोटो कर्पले क्रिसमस र नयाँ वर्षको अवसरमा विशेष ‘जीकर एक्स नाउ ओर नेभर’ अफर सुरु गरेको छ।
यस अफरअनुसार प्रिमियम लक्जरी इलेक्ट्रिक एसयूभी जीकर एक्सको मूल्य रु. ८४ लाख ९९ हजारबाट घटाएर ६४ लाख ९९ हजार बनाइएको छ।
जीकर एक्स भोल्भो EX30 को SEA2 प्लेटफर्ममा निर्माण भएको छ र यसमा २०० किलोवाट मोटरले ३४३ न्यूटनमिटर टर्क उत्पादन गर्छ। यो गाडी ५.६ सेकेन्डमै ०–१०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्षम छ।
गाडीको डिजाइन स्वीडेनको जीकर ग्लोबल डिजाइन सेन्टरमा गरिएको छ। यसमा फ्रेमलेस ढोका, १४.६ इन्चको केन्द्रीय स्क्रिन, १३ स्पिकर यामाहा सराउण्ड सिस्टम जस्ता सुविधा समावेश छन्।
सुरक्षाका लागि जीकर एक्सले ५-स्टार एनसीएपी सुरक्षा रेटिङ, ७ एयरब्याग र लेभल–२ ADAS प्राप्त गरेको छ। नेपाली सडकको लागि यो गाडीमा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ६६ किलोवाट-आवर ब्याट्री दिइएको छ, जसले एक चार्जमा करिब ४४० किलोमिटर यात्रा सम्भव बनाउँछ।
यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ र इच्छुक ग्राहकहरूले नजिकको जीकर शोरुममा गएर परीक्षण तथा अफरको लाभ लिन सक्नेछन्।
Post Views: 108