भेस्पा–एप्रिलिया ‘तातो विन्टर’ अफर

डेल्टा अटोकर्प प्रा. लि.ले आफ्नो प्रिमियम इटालियन स्कूटर ब्राण्ड भेस्पा र एप्रिलियाका लागि “चिसो विन्टर, तातो अफर” सुरु गरेको छ।

यस अफरमा ग्राहकहरूले स्कूटर खरिद गर्दा ७,५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेज मध्ये एक रोज्न सक्नेछन्। मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, सर्भिस र लेभर चार्ज समावेश छन्।

अफरमा एक्सचेन्ज सुविधा पनि छ, जसमा अन्य दुई–पाङ्ग्रे ब्राण्ड स्कूटर एक्सचेन्ज गर्दा १० हजार रुपैयाँसम्म अतिरिक्त मूल्यांकन र न्यूनतम ४० हजार रुपैयाँ ग्यारेन्टीड मूल्य दिइनेछ।

EMI फाइनान्स सुविधा ४.९९% ब्याजदरमा०% सर्भिस चार्ज सहित उपलब्ध हुनेछ। यसबाहेक, प्रत्येक स्कूटर खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट र स्कूटर कभर पनि प्रदान गरिनेछ।

अफर २०२५ डिसेम्बर २४ देखि २०२६ फेब्रुअरी २० सम्म सम्पूर्ण भेस्पा र एप्रिलिया शोरूममा लागू हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *