सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल नेपालमा परीक्षणका क्रममा देखिएको छ।
एड्भेन्चर र डुअल–स्पोर्ट सेगमेन्ट विस्तार हुँदै गएको सन्दर्भमा नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सिएफमोटो २५० डुअलको परीक्षण सुरु गरेको हो।
नयाँ मोडलले शहरी यात्रा र अफ–रोड दुवै प्रयोजनमा प्रयोग गर्न मिल्ने बहुउपयोगी विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ। मजबुत अफ–रोड क्षमता र अर्बन–रेडी डिजाइनका कारण यो बाइक आकर्षक देखिने विश्वास लिइएको छ।
नेपालका विविध सडक अवस्था र चुनौतीपूर्ण भू–परिवेशलाई ध्यानमा राखेर उपयुक्त मोटरसाइकल ल्याउने उद्देश्यसहित परीक्षण भइरहेको संकेत कम्पनीले दिएको छ।
डिजाइनमा शार्प एंगुलर फ्रन्ट फेसिया, विशेष डुअल–स्पोर्ट हेडलाइट, उठाइएको फ्रन्ट फेन्डर र लम्बिएको फोर्क गार्ड जडान गरिएको छ।
बाइकमा लामो ट्राभल सस्पेन्सन, स्लिम बडी प्यानल, हाई–माउन्टेड एक्जस्ट, डुअल–पर्पस टायर र उभिएर चलाउँदा समेत राम्रो नियन्त्रण दिने संरचना समावेश गरिएको छ।
स्कल्प्टेड ट्याङ्कसँग जोडिएको स्लिम सिट प्रोफाइलले अफ–रोड यात्रामा सहजता दिने बताइएको छ।
इन्डुरो मेसिनबाट प्रेरित क्लासिक डिजाइनलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको यो मोटरसाइकल प्रिमियम फिनिशिङका साथ तयार पारिएको छ।
शहरको भीडभाडदेखि बिग्रिएको सडक र अफ–रोड ट्रेलसम्म टिकाउपन र ह्यान्डलिङको परीक्षण भइरहेको छ।
एर्गोनोमिक डिजाइन, फराकिलो ह्यान्डलबार र अप–राइट राइडिङ पोजिसनका कारण सिएफमोटो २५० डुअल लामो यात्रादेखि विकेन्ड एड्भेन्चरसम्मका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ।