एप्रिलिया (Aprilia) ले ‘इन्डिया बाइक वीक २०२५’ (India Bike Week 2025) मा आफ्नो चर्चित सुपरस्पोर्ट बाइक RS 457 का तीनवटा नयाँ आकर्षक रङहरू सार्वजनिक गरेको छ।
यी नयाँ रङका बाइकहरू सन् २०२६ को जनवरीसम्ममा बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ.
नयाँ रङ र विशेषताहरू:
Arsenic Yellow:यो रङमा गाढा फिनिसिङका साथ चम्किलो पहेँलो ग्राफिक्स र रातो रङका रिमहरू दिइएका छन्, जसले यसलाई निकै स्पोर्टी देखाउँछ.
Snake Blue:नीलो बडी र चम्किलो रातो ग्राफिक्स भएको यो रङ एप्रिलियाको चर्चित RS 660 बाट प्रेरित देखिन्छ.
Racing Replica:यो सबैभन्दा प्रिमियम रङ हो, जसमा ‘एप्रिलिया RS-GP’ बाट प्रेरित डिजाइन (Liveries) प्रयोग गरिएको छ। यसमा कविक-सिफ्टर (Quickshifter) र मिलाउन मिल्ने लिभरहरू स्ट्यान्डर्डका रूपमा उपलब्ध हुनेछन्.
मूल्य र उपलब्धता:हाल यो बाइकको एक्स-शोरूम मूल्य करिब भारु ४,५०,७०० रहेको छ।
‘Arsenic Yellow’ र ‘Snake Blue’ पुरानै मूल्यमा आउन सक्ने भए तापनि ‘Racing Replica’ को मूल्य अतिरिक्त सुविधाहरूका कारण केही बढी हुन सक्छ.