इम्बोस्ड नम्बर प्लेट शुल्क घटाउनुपर्ने

सरकारको अध्ययनले इम्बोस्ड नम्बर प्लेट जडानको शुल्क धेरै बढी भएको पत्ता लगाएको छ। समिति अनुसार वास्तविक लागतभन्दा धेरै रकम सवारीधनीबाट लिइँदैछ।

प्रतिवेदनमा प्लेटको उत्पादन लागत करिब साढे १७ सय रुपैयाँ मात्र पर्छ भने सवारीधनीले हलुका सवारीका लागि ३२००, हेभी ट्रकका लागि ३६०० र दुई पाङ्ग्रेको लागि २५०० रुपैयाँसम्म तिर्नुपरेको उल्लेख छ।

समितिले प्लेटको मूल्य मात्र ग्राहकबाट लिनुपर्ने र अन्य पूर्वाधार निर्माण खर्च सरकारले आफैं वहन गर्नुपर्ने सुझाव दिएको छ। अहिले आवश्यक रेडिङ गेट र पूर्वाधार पनि पर्याप्त रूपमा तयार नभएको देखिएको छ।

नयाँ प्रणालीलाई सहज बनाउन प्रक्रिया सरल बनाउने र आवश्यक प्राविधिक सुधारहरू गर्ने सुझाव पनि प्रतिवेदनमा समावेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *