प्रोटोन ईमास एक्सचेन्ज अफर

जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको अग्रणी इलेक्ट्रिक सवारी ब्रान्ड प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम आयोजना गर्ने भएको छ।

यो कार्यक्रम पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३) तीन दिनसम्म सञ्चालन हुनेछ।

काठमाडौँ उपत्यकामा कार्यक्रम ललितपुरस्थित संस्कार फाइन डाइन एण्ड इभेन्ट्समा आयोजना गरिनेछ भने चितवनमा मिलनचोकस्थित प्रोटोन ईमास शोरुममै सञ्चालन हुनेछ।

कार्यक्रमअन्तर्गत पुराना सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवा सुविधा तथा उपलब्ध अफरबारे विस्तृत जानकारी प्रदान गरिनेछ।

एक्सचेन्ज अफरमा प्रोटोन ईमास ७ को मूल्य रु. ४६.९९ लाखबाट सुरु हुने बताइएको छ।

प्रोटोन ईमास ७ मा १६० किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ।

यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स, ४९२ र ५८५ किलोमिटर एनइडिसी रेन्ज, उन्नत सुरक्षा प्रणाली र प्रिमियम डिजाइन सुविधा उपलब्ध छन्। सवारीको लम्बाइ ४६१५ मिमी रहेको छ।

यो विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इलेक्ट्रिक सवारीमा अपग्रेड गर्ने राम्रो अवसर पाउने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *