नागढुंगा–मुग्लिन सडक आयोजनाले स्तरोन्नति गर्ने भन्दै बुधबारदेखि रोजिनाको ५ घण्टा सडक बन्द गरेको छ।
त्यसपछि युवा संघ (एमालेको भ्रातृ संगठन) ले उक्त सडक बन्दले आगामी एमाले महाधिवेशन २०८२ मा सहभागी हुन आउने नेता तथा कार्यकर्ता प्रभावित हुने भन्दै कुलमान घिसिङ–संग सहजीकरण गरेर अगाडि बढाउन गुहार मागेको छ।
उनीहरुले मंसिर २६–२८ गतेसम्म काठमाडौं प्रवेश सहज बनाउन आग्रह गरेका छन्।
सडक पिप्लामोड र पोखरेभिर क्षेत्रमा बिहान १०:३० देखि अपराह्न ३:३० बजेसम्म बन्द हुने आयोजना आयोजकले जनाएको छ भने, यस्तो व्यवस्था पुस १ गतेसम्म जारी रहने भनिएको छ।