Skip to content
नागढुंगा–नौबिसे सुरुङमार्ग सञ्चालन गर्न नेपाली कम्पनीहरुले विदेशी सेवा-प्रदाता (foreign service provider) को साथ खोज्न थालेका छन्।
सुरुङमार्ग सञ्चालन गर्ने ठेक्काका लागि टेन्डर आह्वान भइसकेको छ र नेपाली कम्पनीहरुलाई “अनुभवी विदेशी साझेदार राख्ने” सर्त सहित प्रस्ताव दिन भनिएको छ।
कारण — नेपालमै सुरुङमार्ग सञ्चालन गर्ने अनुभव नभएकाले ठेक्का पाउन विदेशी अनुभव र क्षमताको आवश्यक देखिएको हो।
प्रस्ताव दिने अन्तिम म्याद पुस २ गतेसम्म रहेको छ। नयाँ कम्पनीले ५ वर्षसम्म त्यस मार्ग सञ्चालन र मर्मत गर्ने जिम्मेवारी पाउनेछ।
Post Views: 198