Skip to content
मोहना–दैजी सडक खण्ड को निर्माणका लागि भएको ठेक्का रद्द गरिएको छ।
योजना कार्यालय धनगढीले कारबाही गर्दै ठेक्का सम्झौता रद्द गरेको घोषणा गरेको हो।
करीब ९ वर्षको अवधिमा सो सडक निर्माणमा ८२% काम मात्र सम्पन्न भएको थियो — बाँकी ५ किलोमिटर कालोपत्रे बाँकी रहँदै आएको थियो।
पटक–पटक सम्झौता भए पनि काम हुन नसक्नु, साइट ठप्प गर्नु तथा जिम्मेवारी पूरा नगर्नु ठेक्का रद्द गर्ने कारण देखाइएको छ।
अब बाँकी कामका लागि नयाँ व्यवस्था अगाडि बढाइने तथा भुक्तानी लगायतका मुद्दा सार्वजनिक खरिद ऐनअनुसार अघि बढ्ने जनाइएको छ।
Post Views: 205