सडक स्तरोन्नति सुरु

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरसँग जोड्ने गल्फागाड–श्रीनगर सडकको स्तरोन्नति र कालोपत्र सुरु भएको छ।

करिब १० वर्षअघि ट्र्याक खोलिएको सडकको करिब ९.९ किलोमिटर भाग स्तरोन्नतिसँगै कालोपत्र गरिनेछ।

गल्फागाडबाट सडक चौडा बनाउने, ग्याविन लगाउने र नाला खन्ने काम अहिले स्काभेटर र कामदारद्वारा भइरहेको छ।

अध्यक्ष मोहनविक्रम सिंहका अनुसार काममा ढिलाइ भए दुई सिफ्टमा काम तीव्र बनाइनेछ। कालोपत्र कार्य स्तरोन्नति पूरा भएपछि सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *