Skip to content
दक्षिण पर्वत स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र सुरु भएको छ।
विसं २०४९ मा विस्तार भएको सडक अहिलेसम्म जोखिमपूर्ण थियो।
चालु आर्थिक वर्षमा सङ्घीय सरकारले चार करोड रुपैयाँ विनियोजन गरी छ मिटर चौडाइमा कालोपत्र थालिएको हो।
बाँकी डुम्रेभञ्ज्याङ–चिसापानी खण्ड पनि स्तरोन्नति र कालोपत्रपछि दक्षिण पर्वतका बासिन्दाका लागि यात्रा सहज हुनेछ।
सडकले सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोरबीच सिधा सम्पर्क पनि प्रदान गर्नेछ।
Post Views: 173