वैद्य एनर्जी प्रा.लि., जो नेपालमा एथर एनर्जीको आधिकारिक वितरक हो,ले एथर रिज्टा इलेक्ट्रिक स्कूटर नेपालमा औपचारिक रुपमा सार्वजनिक गर्ने घोषणा गरेको छ।
यसको लन्च कार्यक्रम आगामी भदौ ६, २०८२ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नायमा एक्स्पोमा हुनेछ।
एथर रिज्टा, भारतमा सबैभन्दा मन पराइएको र पुरस्कार विजेता परिवारिक इलेक्ट्रिक स्कूटर हो, जसले शहरी यातायातमा नयाँ क्रान्ति ल्याएको छ।
यो स्कूटर आधुनिक नेपाली परिवारका लागि विशेष गरी डिजाइन गरिएको हो र यसमा उत्कृष्ट प्रदर्शन, उपयोगी डिजाइन, र अत्याधुनिक प्रविधिहरू समावेश छन्।
वैद्य एनर्जीका सीईओ, श्री सूर्यांश वैद्यका अनुसार, “रिज्टा एक स्मार्ट मोबिलिटी समाधान हो जसले ४५० सिरिजको सबै प्रमुख प्रविधिहरूलाई सरल तरिकाले प्रदान गर्छ।
यस लन्चसँगै हामी नेपालको दिगो र स्मार्ट यातायातको पक्षमा आफ्नो प्रतिबद्धता पुष्टि गर्दछौं।”
रिज्टा स्कूटर विभिन्न भेरियन्ट र रंगहरूमा उपलब्ध हुनेछ।
यसमा शक्तिशाली मोटर, लामो दूरी तय गर्न सक्ने ब्याट्री, स्मार्ट कनेक्टिभिटी र पर्याप्त स्टोरेज सुविधा पनि छ।
नायमा एक्स्पोमा आउने आगन्तुकहरूले पहिलो पटक रिज्टालाई हेर्ने र बुक गर्ने अवसर पाउनेछन्।
यस नयाँ स्कूटरको आगमनसँगै, एथरले नेपालको इलेक्ट्रिक सवारी बजारलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ र परिवारहरूलाई विद्युतीय सवारी प्रयोगमा बढावा दिनेछ।