Skip to content
मोरङको हात्तिमुडास्थित एमजीपीएल (MGPL) ले पछिल्लो पाँच वर्षदेखि नेपालमै विद्युतीय रिक्सा निर्माण गर्दै आएको छ।
कम्पनीको उद्देश्य सस्तो, भरपर्दो र उपयोगितामूलक सवारीसाधनमार्फत कृषक, साना उद्यमी र विद्यालयलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउनु हो।

तरकारी बोक्ने “Veggie Cart” ले किसानलाई बजारसम्म सजिलै उत्पादन पुर्याउन मद्दत गर्छ, जसले समय, श्रम र खर्च तीनै बचत गराउँछ।
एकपटक चार्जमा १२० किलोमिटर यात्रा गर्न सकिने यो गाडीले आम्दानीको अवसर बढाउँछ।

ग्रामीण विद्यालयका लागि सस्तो र भरपर्दो स्कुल भ्यान उपलब्ध गराइएको छ, जसले बालबालिकाको शिक्षा पहुँच सहज बनाएको छ।
साथै, “Chicken Cart” जस्ता मोडलहरूले साना उद्यमीलाई स्थानीय उत्पादन बजारसम्म पुर्याउन सजिलो बनाएका छन्।
एमजीपीएलको नाराः “स्वदेशमै उत्पादन, स्वदेशमै रोजगारी”।
कम्पनी विश्वास गर्छ — आत्मनिर्भर नेपाल त्यतिबेलासम्म सम्भव छैन, जबसम्म ग्रामीण बासिन्दाले रोजगारीका लागि शहर धाउन नपरोस्।
Post Views: 276