मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पश्चिम नवलपरासीको सुनवलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार सुनवल–२ बत्रौलीस्थित सुनवल परासीको भित्री सडक खण्डमा परासीबाट सुनवलतर्फ आउँदै गरेको लु९८प १७५३  नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको निधन भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका–५ बस्ने १८ बर्षीय दिप प्रजापतिको उपचारको क्रममा भैरहवा मेडिकल कलेज रुपन्देहीमा आज विहान मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमपश्चात् आफन्तले बुझिलगेको प्रहरीले जनाएको छ ।

रोकी राखेको ईन्जिन बिनाको उखु लोड भएको ट्याक्टरको ट्रालीमा मोटरसाइकल ठक्कर खाएपछि मोटरसाइकल अनियन्त्रित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *