लीपमोटर C10 अब भैरहवा र बुटवलमा पनि: साङ्ग्रिला मोटर्स प्रा. लि.ले लीपमोटरको प्रमुख मोडेल C10 गाडीलाई भैरहवा र बुटवलमा भव्य समारोहसहित सार्वजनिक गरेको छ।
आधिकारिक डिलरशिपद्वारा आयोजना गरिएको कार्यक्रमहरु मार्फत नेपालका इलेक्ट्रिक गाडी (EV) बजारको परिवर्तनमा लीपमोटरको प्रतिबद्धता व्यक्त गरिएको छ।
मंसिर ३० मा बुटवलको होटल टाइगर प्यालेस रिसोर्टमा एभरेस्ट मार्केटिंग, कालीकानगर, बुटवल, रुपन्देहीले कार्यक्रमको आयोजना गरेको थियो।
आकर्षक डिजाइन र आधुनिक प्रविधिका लागि प्रसिद्ध लीपमोटर C10 अब भैरहवा र बुटवलका ग्राहकहरूको लागि उपलब्ध हुनेछ र बुकिङहरू समेत आधिकारिक रूपमा खोलिएका छन्।
यो मोडेल वातावरणमैत्री ग्राहकहरूको लागि डिजाइन गरिएको छ जसले परिष्कृत र दिगो भविष्यलाई सोचेर बनाइएको छ।
यसको अत्याधुनिक सुविधाहरू र आकर्षक डिजाइनले उत्कृष्ट ड्राइविङ अनुभव प्रदान गर्नेछ जुन इलेक्ट्रिक सवारीमै आफ्नो भविष्य सजाउनेहरूको अत्यन्तै राम्रो छ।
साङ्ग्रिला मोटर्स प्रा.लि. नेपालको प्रतिष्ठित घराना गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ।
यो कम्पनीले २०१७ देखि प्यूजो, २०२१ देखि सिट्रोएन र हाल लीपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ।
अर्गनाइजेसन नेपालमा विश्वस्तरीय मोटर ब्रान्डहरू ल्याउन र नेपालीहरुलाई विश्वस्तरको सुविधा प्रदान गर्नको लागि सधैं प्रतिबद्ध छ।
यो कार्यक्रममा पाँचवटा लीपमोटर C10 गाडीहरू ग्राहकहरूलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको थियो |
यो माइलस्टोन नेपालमा इलेक्ट्रिक गाडीहरूको बढ्दो माग र साङ्ग्रिला मोटर्सको विश्वस्तरीय विद्युतीय सवारीको सेवा, सुविधा प्रदान गर्ने प्रतिबद्धता अनुरुप छ।
बुटवलका ग्राहकहरूका लागि लीपमोटर C10 अब निम्न आधिकारिक डिलरशिपमा उपलब्ध छ:
• भैरहवा /बुटवल: एभरेस्ट मार्केटिंग , कालीकानगर, बुटवल, रुपन्देही, नेपाल।
लीपमोटर C10 बारे थप जानकारीका लागि शोरुममा गएर बुझ्न र इलेक्ट्रिक ड्राइभिङको नयाँ अनुभव लिन समेत सकिनेछ।