नेपालकै पहिलो ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’

नेपालकै पहिलो ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’: अब देखि ललितपुर पुल्चोकमा ट्राफिक प्रहरीले सिठ्ठी फुकेर र हातले इशारा गर्दै गाडी रोक्ने, पठाउने गर्नु नपर्ने भएको छ।

आज सोमबारदेखि ललितपुरका मुख्य सवारी चाप हुने सडकमा ट्राफिक लाइटले गाडीको संख्या हेरेर रातो र हरियो बत्ती बल्नेछ।

यसको कारण हो– ‘आर्टिफिसियल इन्टिलिजेन्स’ जडान गरिएको ट्राफिक लाइट।

ललितपुर महानगरपालिकाले यो नयाँ ट्राफिक लाइट सोमबारदेखि सुरू गरेको हो।

महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडि चोकमा रहेको लाइटको स्विच अन गरेर यो लाइट खोल्नुभयो।

महानगरले कुपन्डोलदेखि जावलाखेलसम्म पाँचवटा ठाउँमा यस्तो लाइट जडान गरेको छ।

पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको जानकारी सहरी विकास योजना महाशाखाका प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *