नेतन्याहुको निवासलाई निसाना बनाएर ड्रोन हमला

नेतन्याहुको निवासलाई निसाना बनाएर ड्रोन हमला: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजीनिवासलाई निसाना बनाई शनिबार लेबनानबाट ड्रोन हमला भएको छ ।

इजरायलको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो ।

विज्ञप्तिमा नेतन्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको उल्लेख गरिएको छ ।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोन इजरायलको हवाई सुरक्षाद्वारा खसालिएको थियो ।

इजरायल र हमासबिच चलिरहेको द्वन्द्वका बिचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भने, ‘यदि हमासले हतियार छोड्न र बन्धकहरूलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलि समाप्त हुन सक्छ ।’

इजरायलले हमास प्रमुख र अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिनवारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

यसैबीच, उत्तरी गाजापट्टीमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *