नेतन्याहुको निवासलाई निसाना बनाएर ड्रोन हमला: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजीनिवासलाई निसाना बनाई शनिबार लेबनानबाट ड्रोन हमला भएको छ ।
इजरायलको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो ।
विज्ञप्तिमा नेतन्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको उल्लेख गरिएको छ ।
टाइम्स अफ इजरायलको रिपोर्टअनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोन इजरायलको हवाई सुरक्षाद्वारा खसालिएको थियो ।
इजरायल र हमासबिच चलिरहेको द्वन्द्वका बिचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भने, ‘यदि हमासले हतियार छोड्न र बन्धकहरूलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलि समाप्त हुन सक्छ ।’
इजरायलले हमास प्रमुख र अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिनवारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
यसैबीच, उत्तरी गाजापट्टीमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
Visit homepage : eautonepal.com