टिभिएस एनओजी राइड सम्पन्न

टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा टिभिएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ ।

गत जेठ १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बानेश्वर शोरूमबाट शुरु भएर ह्वाइट हाउस रिसोर्ट, बोसन डाँडा पुगेर समापन भएको हो ।

राइडमा सहभागी बीच विभिन्न खेलहरु पनि खेलाइएको छ । साथमा सम्पूर्ण राइडरलाई सहभागीताको प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

करिब ५० जना राइडरहरु सहभागी भएको राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

टिभिएसको बानेश्वर शोरुमका ओनर श्रीकृष्ण थापाले सबै सहभागीलाई स्वागत गरेका हुन् ।

टिभिएसकी प्रोडक्ट हेड करुणा पुडासैनीका अनुसार राइड गर्नुको मुख्य लक्ष्य नेपालमा एक लाख एनटर्क बिक्री भएको उपलब्धी भएको छ ।

राइडमा हेड मार्सलले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी दिएका छन् ।

राइडले टिभिएस एनटर्कको लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा मात्र नभई एनटर्क ओनर ग्रुपका राइडर बीचको सद्भावलाई पनि बलियो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *