बाइकर्स जात्रा भदौंमा

बाइकका सौखिनहरुको सँस्था बाइकोहोलिक र द हिमालय टाइम्ससँग सहकार्यमा आगामी भदौं ८ र ९ गते गोदावरी भिलेज रिसोर्टमा २ दिने कार्यक्रमको आयोजना गर्दैछ ।

नेपालमा रहेका विभिन्न कम्पनीका १ सय देखि १ हजार सिसी क्षमतासम्मका बाइकहरुको प्रदर्शनका साथै ती बाइक राइडरहरुको एकआपसमा भेटघाट, चिनजान तथा भाइचाराको विकास हुने कार्यक्रम बाइकर्स जात्राको आयोजना गरिने सँयोजक अश्विन (जियोेन) श्रेष्ठले बताए ।

आयोजक बाइकोहोलिकका सँयोजक अश्विन (जियोेन) श्रेष्ठका अनुसार आजभोली बाइक भनेको अधिकांश रुपमा दैनिक अत्यावश्यक साधनको रुपमा रहेको हुनाले यहाँ कलेज जाने-आउने युवाहरु तथा अन्य सौखिनहरुको जमघट रहने बताए ।

सामान्य रुपमा हेर्दा बाइक चढ्ने मात्र नबुझी सुरक्षाको रुपमा रहेको हेलमेट तथा अन्य गियर्सको जानकारी, सुरक्षित तवरले बाइक चलाउने तरिका, बाइकको रख रखाव कसरी गर्न सकिन्छ भन्ने लगायतको जानकारी यस सँस्थाले दिने श्रेष्ठले बताए ।

कार्यक्रममा Live Music and DJ, Motorcycles Games, Food and Game Stalls, New Motorcycle Display Stalls, Bonfire and Camping and Story Telling तथा नासाद्धारा टक शो, सडक सुरक्षाबारे जानकारी दिनेछ ।

नेपालको परिपेक्षमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्दै नेपालको समग्र पर्यटन विकासमा समेत यस्तो खालको कार्यक्रमले टेवा पुग्ने श्रेष्ठले बताए ।

कार्यक्रमको पार्टनर द हिमालय टाइम्ससँग सहकार्य भएको र नेपालका बाइकका सौखिन राइडरहरु, भ्लगरहरु तथा रेसरहरुको करिब ४ सय बढी बाइकर्सहरुको जमघट हुने र ईभी स्कुटर र हेल्मेटहरुको समेत प्रर्दशनी रहनेछ ।

उनका अनुसार भावी कार्यक्रममा सँस्थाले नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरुमा सामुहिक रुपमा बाइकहरुको रेली तथा भ्रमणको आयोजना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *