नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः रमेश कोइराला निर्वाचित

देशभरका १६५ रिकन्डिसन व्यवसायीहरु संघमा आवद्ध सेकेन्ड ह्यान्ड सवारी साधन बिक्रेता व्यवसायीहरुको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः रमेश कोइराला निर्वाचित भएका छन् ।

सम्पन्न सातौं र आठौ साधारण सभा तथा दोस्रो अधिवेशनले कोइरालालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अध्यक्ष कोइरालाको प्यानल नै कार्यसमितिमा निर्वाचित भएको छ ।

यस अनुसार बरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रविन लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी, कोषाध्यक्षमा प्रदिप राना मगर र सह–कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मनिष राज पाण्डे, देवेन्द्र कुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ न्यौपाने (सन्तोष), रुद्र ढुंगाना, अशोक धिताल र टोक बहादुर पौडेल (अर्जुन) निर्वाचित भएका छन् ।

पुराना, रिकन्डिसन अर्थात सेकेन्ड ह्यान्ड कारको व्यवसाय गर्ने व्यवसायीहरु नेपाल रिकन्डिसन अटो व्यवसायी संघमा आवद्ध छन् ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले साधारण सभा तथा अधिवेशनको उद्घाटन गरेका थिए ।

मन्त्री लम्सालले रिकन्डिसन अटो व्यवसायीहरुको समस्या समाधानका लागि बागमती प्रदेश सरकार सदैव लागि रहने बताउँदै यसका लागि भविष्यमा सधै सकारात्मक सहकार्य गर्न सकिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *