चितवन अटोमोवाईल्सको फुटसल प्रतियोगिता सम्पन्न

स्वास्थ्य जिवनका लागि खेलकुद र आपसि भाईचारा भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै चितवन अटोमोवाईल्स एसोसियसनका अन्तर सदस्यिय फुटसल प्रतियोगिता २०८१ भव्यताका साथ सम्पन्न भएको छ ।

कुल चार टिममा विभाजन भयर सम्पन्न भयको खेलको समुद्घाटन समारोह संस्थाका अध्यक्ष कुलवहादुर क्षेत्रिको अध्यक्षतामा, प्रमुख अतिथि साकोसका संस्थापक अध्यक्ष भिमलाल न्युरे, अतिथि साकोसका अध्यक्ष कृष्णप्रसाद काफ्ले, संस्थाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भण्डारि, अतिथि काडाका अध्यक्ष राजन पिया, अतिथि अटोमेकानिकल व्यवसायि संघका वरिष्ट उपाध्यक्ष सादिक सेख, संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकारहरुको गरिमामय उपस्थितिमा प्रमुख अतिथिवाट वल रेफ्रिलाई हस्तान्तरण गरि जेठ २५ गते सुभारम्भ भएको थियो।

कुल चार खेलमध्ये म्याक्सोल ल्युवले स्पोन्सर गरेको टिम प्रथम (नगद १५,००० र कप), सियट टायरले स्पोन्सर गरेको टिम दित्तिय (१०,००० र कप), लिभगार्ड व्याट्रिले स्पोन्सर गरेको टिम तृतिय (५००० र कप) र वालमेरल ल्युवले स्पोन्सर गरेको टिमले सान्तोना (नगद ३०००) स्थान हासिल गर्न सफल भएको थियो।

पुरस्कार वितरण तथा समापन कार्यक्रम केन्द्रीय संस्था नाडा अटोमोवाईल्स एसोसियसन अफ नेपालका आदरणीय अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथि नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, अतिथि अटोमेकानिकल व्यवसायि संघका वरिष्ठ उपाध्यक्ष सादिक सेख, लगायत संस्थाका पुर्व अध्यक्षहरुको सहभागितामा टुर्नामेनको उत्कृस्ट खेलाडि दिपेश पिया, गोल्डेन वल विजेता अभिशेक पिया तथा फेयर प्लेयर अफ दि टुर्नामेन्ट विकास तिमिल्सेनालाई नगद (जनहि २,०००) तथा कपले सम्मान गरियको कार्यक्रमको संयोजक संस्थाका कार्यसमिति सदस्य दिपक प्रसाद कंडेल रहनु भएको थियो।

उपस्थित महानुभावहरुलाई संस्थाका अध्यक्ष कुल वहादुर क्षेत्रिले स्वागत मन्तव्य, संस्थाका प्रथम उपाध्यक्ष राजेन्द्र भट्टराईले धन्यवाद ज्ञापन र कार्यक्रमको संचालन संस्थाका सचिव मोहन केसिले गर्नु भएको थियो।

यस कार्यक्रमलाई पुरस्कार सौजन्य गर्नुहुने केन्द्रिय संस्था नाडा अटोमोवाईल्स एसोसियसन अफ नेपाल, मुख्य स्पोन्सर गर्नु हुने सिप्रदि ट्रेडिंग (म्याक ल्युव), टिम स्पोन्सर गर्नु हुने सियट टायर, लिभगार्ड व्याट्रि, वालमेरल ल्युव, व्यानर स्पोन्सर गर्नु हुने एमएडव्लु इन्टरप्राइजेज, क्र्यान्क व्याट्रि, प्रकास अटो डिस्ट्रिव्युटर्स, विवेक अटो पार्टस, लगायत यस कार्यक्रममा उपस्थित भै कार्यक्रम भव्य रुपमा सफल भएको जानकारी संस्थाका सचिव मोहन केसिले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *