दिपल एस ०७ को मूल्य ३ लाख बढ्यो

चिनियाँ अटो ग्रुप चांगनको सब ब्रान्ड, दिपलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले यसको मूल्य अब ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

नेपाली बजारमा राम्रो बिक्री भइरहेको दिपल एस ०७ को मूल्य ३ लाख रुपैयाँले बढेको छ ।

केही महिना पहिले मात्र लन्च भएको सो गाडीको इन्ट्रोडक्टरी मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।

हाल बजेटले समेत इलेक्ट्रिक गाडीको करमा केही परिवर्तन गरेका कारणले यो मूल्य कायम गरिएको अनुमान गर्न सकिन्छ ।

अब सो गाडीको बुकिङ फेरि खुला गरिएको छ । यद्यपि गाडी डेलिभरी भने असार मसान्त पश्चात मात्र हुने कम्पनी स्रोतको भनाइ छ ।

नयाँ दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर पाउन सकिन्छ । जसले ‘इलेक्ट्रिक मोबिलिटी’ मा के सम्म सम्भव छ भन्ने देखाउँछ ।

दिपल एक सय १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो, जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *