यसरी छनौट भए काभ्रेकी राज्यलक्ष्मी शाक्य पहिलो

नेपालमा टोयोटाले २० वर्ष अघि  बुमन्स र्‍याली सुरु गरेको थियो ।

टोयोटा विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटको आयोजनामा शनिबार सम्पन्न र्‍यालीमा ५५ सहभागी थिए।

सन् २००४ बाट र्‍याली सुरु गरेको टोयोटाको वुमन्स र्‍यालीमा त्यतिबेला महिला चालकहरू कम थिए भने अहिले धेरै भएकाले सहभागितामा आकर्षण बढेको आयोजकको भनाइ छ।

चाबहिलबाट गोकर्ण रिसोर्टसम्म ३० किलोमिटरको र्‍याली आयोजना गरिएको थियो।

यसको रुट क्रमशः कार्यालयबाट नारायण गोपाल चोक, भाटभटेनी मन्दिर, जमल, न्युरोड, भद्रकाली मन्दिर, त्रिपुरेश्वर, बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशला, चाबहिल चोक, जोरपाटी हुँदै गोकर्ण फरेस्ट रिसोर्टमा पुगेर टुंगिएको थियो।

र्‍यालीमा ड्राइभिङको गति, समयावधि, सडक सुरक्षालगायत पारदर्शिता हेर्न र मूल्यांकन गर्ने जिम्मेवारी नासालाई दिइएको थियो।

नेपाल अटो मोबाइल्स एसोसिएसन नासा नेपालको तर्फबाट खेल खेलाउन प्राविधिक टोली ८ जना थिए।

यो संस्था नेपालमा अटो मोबाईल्स गाडीहरूको खेल खेलाउने अन्तर्राष्ट्रिय र खेलकुद परिषद्बाट मान्यता प्राप्त एक मात्रै संस्था हो।

उक्त संस्थाबाट र्‍यालीको नेतृत्व मार्सल कमिसन संयोजक आशिष लामिछानेले गरेका थिए।

लामिछानेका अनुसार सडकको अवस्थाको आधारमा, भीडभाड, पैदल यात्रीहरूको जमघटको स्थितिमा फरक खालका गति तय गरिएको हुन्छ। ‘त्यो गतिमा गाडी चलाउँदा सुरक्षित यात्रा हुन्छ भनेर सन्देश दिन गरएिको खेल हो।

समग्रमा समय, दूरी र गति सिद्धान्तको आधारमा परिणाम निकालिएको छ।

यसमा छिटो आउँदैमा जितिने ढिलो आउँदैमा हारिने भन्ने होइन। तोकेको समय र सीमालाई हेरएिको हो।

सडकमा सुरक्षित यात्रा गर्न र महिला सहभागितालाई प्रोत्साहन गर्न आयोजित टोयोटा बुमन्स र्‍यालीमा काभ्रे – बनेपाकी राज्यलक्ष्मी शाक्यले पहिलो पुरस्कार हात पारेकी छन्।

 उक्त कार्यक्रम आयोजित स्थलमा विभिन्न खालका करिब २० स्टलहरूमार्र्फत उत्पादन प्रदर्शन गरियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *